१० श्रावण २०८१, बिहीबार

बैतडीमा चितुवा आतंक



बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४, निङलाडमा केही दिनदेखि चितुवाले आतंक मच्चाएको छ ।
दुई सातायता गाउँमा चितुवाले आतंक मच्चाएको स्थानीय नरेन्द्रबहादुर चन्दले बताए । उनले अहिलेसम्म चितुवाले एक दर्जन बढी बाख्रा खाइसकेको बताए ।
स्थानीय हरि चन्द, लक्ष्मी चन्द, शंकर चन्द, मनोज चन्द, सन्तोषी चन्द, गोरख चन्दलगायतका किसानका बाख्रा चितुवाले खाएको उनले बताए ।
गाउँमा चितुवाले लगातार बाख्रा खान थालेपछि स्थानीयवासीहरू त्रसित बनेका छन् । २०६८ साल यता तल्लोसोराडमा चितुवाले आतंक मच्चाउँदै आएको छ ।
अहिलेसम्म चितुवाको आक्रमणबाट २३ जनाको ज्यान समेत गइसकेको छ । चितुवाले पटकपटक मानिसलाई आक्रमण गर्ने भएकाले बाख्रा खाने चितुवाले मानिसलाई समेत आक्रमण गर्ने हो कि भन्ने चिन्ताले सताएको स्थानीयवासी नरेन्द्र चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार