१० श्रावण २०८१, बिहीबार

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु



डोटी । डोटी जिल्ला शिखर नगरपालिका वडा नम्बर १० मा मोटरसाइकको ठक्करबाट सोमबार एक बालकको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट शिखर नगरपालिकाका चक्रबहादुर बलायरका सात वर्षीय छोरा बिपिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
केआईसिंह गाउँपालिका वडा नम्बर ४ वायलका २६ वर्षीय लक्ष्मणप्रसाद पाण्डेले चलाएको से १ प ३२४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका विपिनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक बलायरको स्थानीय शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार