२ जेष्ठ २०८१, बुधबार

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : प्रदेश प्रमुख मल्ल



धनगढी । प्रदेश ७ का प्रमुख मोहनराज मल्लले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधीहरुसंग आग्रह गरेका छन् ।
धनगढीमा आइतबार आयोजना गरिएको जेष्ठ नागरिकसंग एक दिन कार्यक्रममा प्रदेश प्रमुख मल्लले भने– संघियता नया“ अभ्यास हो । हामी सबै सिकेर अगाडी बढ्दै छौ । प्रदेश प्रमुख मल्लले अप्ठेरो स्थितिमा पनि बिचलित नभएर दृढताका साथ अगाडी बढ्न सबैमा आग्रह गरे ।
उनले हिजोको व्यवस्था र अहिलेको व्यवस्था निकै अन्तर भएकाले व्यवस्था परिवर्तनलाई सबैले आत्मसात गर्नुपर्ने बताए ।
प्रदेश प्रमुख मल्लले जेष्ठ नागरिकहरुबाट अहिलेको पिढीले धेरै कुरा सिक्नुपर्ने बताए । ‘हामीसंगै काम गरेका धेरै व्यक्तिहरु सम्झनामा मात्रै छन्’ प्रदेश प्रमुख मल्लले भने– यहा“हरु बाचेका भएर भेट हुने अबसर जुट्यो ।
उनले आफुहरुसंग भएको सिप, कला, पुस्तौली ज्ञान, संस्कार असल संस्कृती नया“ पिढीलाई सिकाउन जेष्ठ नागरिकहरुसंग अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार