३१ बैशाख २०८१, सोमबार

कैदीबन्दी प्लास्टिकको छानामा बस्न बाध्य



डोटी । जिल्ला कारागार डोटीका कैदीबन्दीहरु प्लाष्टिकको छाना बनाएर बस्न बाध्य छन् ।
राणा कालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दीहरु प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका छन् ।
डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुबेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताए ।
‘भवन पुरानो छ, बेला बेलामा पानी पर्दा चुहिन्छ’, उनले भने, ‘कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौं, बजेट आएपछि मर्मत हुन्छ ।’
सरकारले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिरहेकाले कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।
डोटी कारागारका छानामा राणा कालमा लगाइएको सिलेटहरु पनि खिइएर झर्न थालेको कैदीहरु बताउछन् । आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताए । ‘भवन निकै पुरानो भएकाले छत चुहिन्छ’, उनले भने, ‘पानी चुहिने र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।’
माग अनुसार कारागार विभागबाट बजेट नआउ“दा डोटी कारागार अहिलेसम्म मर्मत हुन नसकेको कर्मचारीहरु बताउछन् । डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी ४ गरी अहिले कुल ४७ जना रहेका छन् । २५ जना मात्र कैदीबन्दीको क्षमता रहेको त्यस कारागारमा क्षमताभन्दा बढी कैदी राख्दा झन समस्या भएको बताइएको छ ।
कैदीबन्दी बढी हु“दा खानेपानी र शौचालयमा जानका लागि समेत कैदीबन्दीले पालो पखर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार