१० श्रावण २०८१, बिहीबार

अमरावतीमा कमलको प्यानल विजयी



लम्की । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा रहेको अमरावती सामुदायिक वन उपभोक्ता समुहकमा कमल शाहको प्यानल विजय भएको छ । अध्यक्षमा शाहले चार सय नौ मत प्राप्त गरि विजय भए ।
त्यस्तै उपाध्यक्षमा मितु थारु, सचिवमा धना देवी शाही, कोषाध्यक्षमा रजविर चौधरी तथा सहसचिवमा दुखराम चौधरी विजयी भए ।
त्यस्तै सदस्यमा गगन सिंह भुल, सुखली चौधरी, राम बहादुर साउ“द, सुर्जा शाही, मन्ना बिक, सोनिया चौधरी, तेज बहादुर रावल, र बिष्णा न्यौपान निर्वाचित भए ।
अमरावती सामुदायिक वन उपभोक्ता समुहमा एक हजार ८९ जना मतदाता रहेको सात सय ८८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार