१० श्रावण २०८१, बिहीबार

बाबुले गरे छोराको हत्या



टीकापुर । कैलालीको टीकापुरमा बञ्चरो प्रहार गरी बाबुले छोराको हत्या गरेका छन् । टीकापुर नगरपालिका वडा नम्वर ८ मा ७५ वर्षीय पहले लुहारले बञ्चरो प्रहार गरि ५० वर्षीय छोरा कृतबहादुर लुहारको हत्या गरेको प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहारबाट घाईते कृतबहादुरको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहका अनुसार लुहारको उपचारकै क्रममा शनिबार राती मृत्यु भएको हो ।
पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतमा बस्दै आएका कृतबहादुर एक हप्ता अगाडी मात्रै परिवार सहित घर फर्किएका थिए । मदिरा नपिउन बाबुले गरेको आग्रहलाई नमानेपछि पहलेले बञ्चरो प्रहार गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार