१० श्रावण २०८१, बिहीबार

सिके राउतविरुद्ध विरोध व्यापक बन्दै




धनगढी । नेपालको अखण्डा विरुद्ध अभिव्यक्ति दिएका सिके राउत विरुद्ध देशव्यापी रुपमा विरोध बृद्धि भइरहेको छ । राउतले गत ३ गते “मधेस नेपाल होइन” भन्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिमाथि तीब्र विरोध गर्दै आइतबार पनि धनगढीमा बृहत् प्रर्दशन भएको छ । स्वतःस्फुर्त युवा समूह धनगढीले निकालेको प्रदर्शनमा सरकारले तत्काल सिके रावतलाई कडा कारबाही गर्नुपर्ने तथा संघियता खारेज गर्न माग गरियो । धनगढीको ट्राफिक चौराहबाट निस्किएको प्रर्दशन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुशमा युवाहरुले अखण्ड नेपाल हुनुपर्ने, विखण्डनकारीलाई कारबाही गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, हिमाल पहाड तराई कोई छैन पराई, सिके रावतको अभिव्यक्तिप्रति सरकार किन मौन, लगायतका प्ले कार्ड बोक्दै नाराबाजी गरेका थिए ।
कोणसभालाई विद्यार्थी नेता विद्यार्थी प्रतिक जोशी, ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियू सभापति कमल बम, ललित जोशी लगायतले सम्बोधन गरेका थिए । उनीहरुले मधेश पनि नेपाल नै रहेको र मधेशलाई विखण्डन गर्ने सोच भएका व्यक्तिलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार