१० श्रावण २०८१, बिहीबार

आँखा शिविर सम्पन्न



धनगढी । कैलारी गाँउपालिकाको गदरियामा संचालित आँखा शिविरमा छ सय ५५ जनाको आँखा परिक्षण गरिएको छ ।
जनता माविमा शनिबार आयोजित शिविरमा एक सय ६४ जनाको आँखा अप्रेशन गर्नुपर्ने भेटिएको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जनाए । ति मध्ये एक सय ४९ जनालाई मोतिविन्दुको अप्रेशन गर्नुपर्ने भएको बताए । उनले अप्रेशन गर्नुपर्ने सबैलाई निःशुल्क अप्रेशन तथा उपचारका लागि गेटा आँखा अस्पतालमा रिफर गरिएको जनाए । उनीहरुको अप्रेशन भोलि गेटा आँखा अस्पतालमा गरिने छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल तथा लायन्स क्लब अफ धनगढी सुकृतिको आयोजना र ड्याक फाउन्डेशनको सहयोगमा सो आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा ४९१ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार गरिएको थियो । शिविरमा गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्ट र दृष्टि बिशेषज्ञ सुरेश अवस्थी लगायत १२ जना प्राविधिकहरुको टोलीले आँखा जाँच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार