१२ श्रावण २०८१, शनिबार

स्ट्रिट र्‍याली बजारमा



धनगढी । यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक डिलर स्वेता ट्रेडिङ कन्सर्नले आकर्षक रेजेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्‍याली’ धनगढी बजारमा ल्याएको छ ।
शुक्रबार स्वेता ट्रेडिङ कन्सर्नमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले नयाँ स्कुटर सार्वजनिक गरे ।
कार्यक्रममा स्वेता ट्रेडिङ कन्सर्नका सञ्चालक राजेश भण्डारीले अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट र्‍याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्ने बताए । उनले भने– “यामाहा प्रतिको बढ्दो मोहोलाई नयाँ स्कुटरले नयाँ उचाईमा पुर्‍याउने अपेक्षा हामीले गरेका छौं ।”
सो अवसरमा यामाहा कम्पनीका प्रतिनिधि भानुभक्त चौधरीले नयाँ मोडेलको स्कुटरबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार