१४ मंसिर २०७९, बुधबार

भन्सार छलेर भित्राइएको सामान बरामद्



धनगढी । सशस्त्र प्रहरी बल, कैलाली ३४ नम्बर गणले बिहीबार राति दुई स्थानबाट भन्सार छलेर भित्राइएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी टोलीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ विजुलियामा दुई मोटरसाइकलसहित तीन लाख ८१ हजार दुई सय रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी हवल्दार मानबहादुर विष्टको कमाण्डमा रहेको टोलीले भारतबाट से ४ प ३८०७ र से ३ प ५६४६ नम्बरको मोटरसाईकलमा भन्सार छलेर ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक विष्णुप्रसाद भट्टले बताए ।
त्यस्तै, बिहीबार रातिनै धनगढी उपमहानगरपालिका वडा नम्बर १० घुइयाघाटबाट निर्माण सामाग्री बरामद गरिएको छ । प्रहरी नायव उपरीक्षक प्रेमलाल चौधरीको कमाण्डमा खटिएको टोलीले वेवारिसे अवस्थामा रहेको ५३ हजार दुई सय रुपैयाँ मूल्यको सामान बरामद गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक भट्टले बताए । बरामद गरिएका सामानहरू शुक्रबार कैलाली भन्सार कार्यालय पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्