१० श्रावण २०८१, बिहीबार

सामाजिक अभियन्ताहरूलाई सम्मान गरियो



बाजुरा । संविधान दिवसको अवसरमा बाजुरामा पाँच जना सामाजिक अभियन्ताहरूलाई सम्मान गरिएको छ ।
संविधान दिवस आयोजक मूल समारोह समितिद्वारा आयोवित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्मा र डाक्टर दुर्गा महर्जन, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, ईशा गुरुङ र खुशी राईलाई सम्मन गरियो ।
संविधान दिवसको अवसर पारी जिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
त्यस्तै, जिल्लाको मनागाउँका पाँच जना अनाथ दिदीभाइको जीवन सुरक्षाका लागि संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । जिल्लाको विभिन्न ठाउँबाट संकलन भएको पाँच लाख रुपैयाँ ती अनाथ बालबालिकालाई हस्तान्तरण गरिएको हो ।
बुवाको क्यान्सरका कारण मृत्यु भएपछि ती बालबालिकाकी आमा अर्कोसँग विहे गरेकी थिइन् । संकलित रकम पूर्व सांसद बसुन्धरा रोकाया र प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वाणिज्य बंैकको मुद्दती खातामा जम्मा गर्ने गरी बालबालिकालाई हस्तान्तरण गरे ।
पाँच भाइबहिनीहरूको लागि सामाजिक अभियान्ता खुशी राई, पत्रकार प्रकाश सिंहसहितले आर्थिक सहयोग अभियान सुरु गरेका थिए । हाल पाँच जना दिदीभाइ एसओएस बालग्राममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार