१० श्रावण २०८१, बिहीबार

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या



कञ्चनपुर । घरायसी विवादले उग्र रूप लिँदा कञ्चनपुरमा एक जनाले बञ्चरो प्रहार गरी शुक्रबार आफ्नै श्रीमतीको हत्या गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ९, टुडिखेलका चन्द्रबहादुर पुनले आफ्नी श्रीमती बिमला पुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुबेर कडायतले जानकारी दिए ।
चन्द्रबहादुरको घरमा श्रीमानश्रीमतीबीच दिनहुँ जसो घरायसी झगडा हुने गरेको छिमेकीले बताए । शुक्रबार विवाद बढ्दै गएपछि चन्द्रबहादुरले बञ्चरोले हिर्काउदा उनकी ४० वर्षीया श्रीमती बिमलाको तत्काल मृत्यु भएको बताइएको छ ।
घटनाबारे स्थानीयले अर्कोदिन (शनिबार) बिहान मात्रै थाह पाएको र करिब १० बजे प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीका अनुसार चन्द्रबहादुर राति नै फरार भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार