१० श्रावण २०८१, बिहीबार

दुई बालिका बलात्कारको आरोपमा एक पक्राउ



कञ्चनपुर । कञ्चनपुरमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा शनिबार एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बेल्डाँडी गाउँपालिका वडा नम्बर २ का दुई नाबालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५७ वर्षीय राजेन्द्र विष्ट पक्राउ परेका छन् ।
राजेन्द्रले ललाईफकाई अनुचित कार्य गरेको पीडित नाबालिकाको भनाई उधृत गर्दै उनकी आमाले बताइन् ।
नाबालिकाका परिवारले शुक्रबार राजेन्द्र इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए ।
उजुरीपछि विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार