१० श्रावण २०८१, बिहीबार

एयरलिफ्टिङ गरी घाइतेलाई कोहलपुर पुर्‍याइयो



धनगढी । भिरबाट लडेर गम्भीर घाइते भएका बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ का ३३ वर्षीय रनवीर भण्डारीलाई शुक्रबार हेलिकोप्टरबाट उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्‍याइएको छ ।
प्रदेश सात सरकारले उनलाई हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि कोहोलपुर पुर्‍याएको जनाइएको छ । उनी घर नजिकैको भिरबाट लडेर घाइते भएका थिए ।

बाजुराको बोर्ताबाट घाइतेको हेलिकोप्टरबाट उद्दार गरिदै ।
फोटो : सामाजिक विकास मन्त्रालय प्रदेश ७

बिहीबार दिउसो ३ बजेतिर घाँस काटने क्रममा घाइते भएका ३३ वर्षका भण्डारीलाई उपचारका लागि नजिक अस्पताल नभएको र बोकेर लैजाने अवस्था नभएपछि आफन्तको आग्रहमा प्रदेश ७ को सामाजिक मन्त्रालयले हेलिकोप्टरबाट उद्दार गरेको बताइएको छ ।
“दाँया काँध भाँच्चिएको, छाती, ढाड र निधारमा चोट लागेको अवस्थामा हेलिकोप्टरबाट सुर्खेत हुदै एम्वुलेन्स मार्फत शुक्रबार साझ कोहलपुर मेडिकल कलेज ल्याइपुर्‍याएका छौं” भण्डारीका नातेदार जंगलाल बुढथापाले भने– “प्रदेश सरकार तथा सांसदहरूले हाम्रो अनुरोध सुन्यो ।”
प्रदेश ७ को सामाजिक विकास मन्त्रालयले गत साउनको दोस्रो साता पनि बझाङको थलारा गाउँपालिका–७ कि धुमा सार्कीलाई पनि हेलिकोप्टरबाट उद्दार गरी कोहलपर मेडिकल कलेजमा उपचार गराएको थियो । सामाजिक विकास मन्त्रालय श्रोतका अनुसार धुमालाई बझाङबाट उद्दार गर्दा चार लाख ७५ हजार र भण्डारीलाई बाजुराबाट उद्दार गर्दा ३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार