१५ मंसिर २०७९, बिहीबार

युवती बलात्कार गर्न खोजेको आरोपमा पक्राउ



बैतडी । १६ वर्षीया किशोरीलाई जवर्जस्तीकरणी गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार युवतिमाथि बलात्कार गर्न खोज्ने दशरथचन्द नगरपालिका वडा नम्बर ४, का २४ वर्षीय नन्दु जोशीलाई नियन्त्रणमा लिइएको छ ।
बुधबार शाहिलेक बजारबाट घर फर्किँदै गर्दा दशरथचन्द नगरपालिका ४, की एक किशोरीलाई ठूलीखोला जंगलमा भन्ने ठाउँमा नन्दुले जवर्जस्ती करणी गर्न खोजेको बताइन्छ । पीडित किशोरीले अनुसार तीजको सामान लिएर घर फर्किरहेको बेला नन्दुले जंगलमा जवर्जस्तीकरणी गर्ने खोजेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्