१० श्रावण २०८१, बिहीबार

दोषि कुनै पनि हालतमा उम्कन हुन्न : मेयर विष्ट



कञ्चनपुर । भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले निर्मला पन्तको हत्यामा संलग्न दोषिले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन् ।
कञ्चन समाजले हरितालिका तीजका अवसरमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा नगर प्रमुख विष्टले दोषिले उन्मूक्ति नपाउने र निर्दोष फस्न नहुने र अपराधलाई राजनीतिकरण गर्न नहुनेमा आफू प्रतिवद्ध भएको बताए ।
उनले भने– “यो जघन्य अपराध घटना हो, यो घटनामा संलग्न दोषि कुनै पनि हालतमा उम्किन पाउनु हुँदैन, पाउँदैन । त्यस्तै, निर्दोष पनि फस्न हुँदैन र यसलाई टेकेर राजनीतिकरण पनि गर्न हुँदैन ।”
उनले निर्मला पन्त बलात्कार र हत्या घटनाका दोषिलाई कारवाहीका लागि हुँदै आएको आन्दोलनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
उनले निर्मलाको हत्यापछि समाजमा अशान्ति र असुरक्षा बढेकाले सरकारले नागरिकलाई पूर्णरूपमा सुरक्षित गर्न माग गरे ।
उनले नगरपालिकाले निर्मलाको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार