३ जेष्ठ २०८१, बिहीबार

जोशीपुरका व्यापारी मृत फेला, हत्या भएको आशंका



धनगढी । कैलालीको एक व्यापारी शुक्रवार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दका अनुसार जोशीपुर १ का ३८ वर्षीय रामप्रसाद जैशी मृत अवस्थामा भेटिएका छन् । उनको घाँटीमा डोरीको छापा देखिएकाेले हत्या गरिएकाे हुन सक्ने प्रहरीको आशंका गरेको छ ।

अनुसन्धान शुरू गरेको जानकरी दिदै प्रहरी निरिक्षक चन्दले भने घटनाका बारेमा विस्तृत दिन नमिल्ने बताए ।

मृतक जैशी जोशीपुर बजारमा रहेको आफ्नै घरमा किराना व्यापार गर्दै आएका थिए । उनी सपरिवार बस्दै अएका थिए । उनकी श्रीमती तीज मनाउन टीकापुरस्थित माइती घर बालबच्चा सहित भएको बताइएको छ । उनका दुई छोरा र १ छोरी छन् ।

उनी घरमा एक्लै थिए। बिहान चाँडै पसल खुल्ने गरेकोमा शुक्रवार नखुलेपछि स्थानीयले घरभित्र हेरेका थिए । स्थानीयले नै उनलाई घरभित्र मृत भेटाएपछि प्रहरीलार्इ जानकारी गराएका थिए । उनको घर र पसल एउटै घरमा छ । स्थानीयका अनुसार पसलमा रहेको गल्लामा नगद रुपैयाँ समेत छैन । कसैले हत्या गरेर पसल लुटपाट गरेको आशंका स्थानीयले गरेका छन् ।

आज जैशीको हत्यारा पत्ता लगाउन माग गर्दै व्यापारीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार