२ जेष्ठ २०८१, बुधबार

बालिका बलात्कार गर्ने व्यक्ति पक्राउ



कञ्चनपुर । दश वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय आइते सुनारलाई पक्राउ गरेको छ । आइतेले मंगलबार साँझ एउटी दश वर्षीया बालिकालाई बलात्कार गरेको बताइएको छ ।
स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधाराले आइतेलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार