२ जेष्ठ २०८१, बुधबार

देउडामा रमाए नेता र जनता



लालझाडी । कञ्चनपुको लालझाडी गाउँपालिका वडा नम्बर ५ देखतभूली गाउँबासीले राष्ट्रिय, प्रदेश र स्थानीय तहका नेताहरुले शुुक्रबार आफ्नै ठाँउमा खेलेको देउडा निक्कै रमाएर हेरेका छन ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेशसभाका सांसदहरु तारा लामातामाङ, महेशदत्त जोशी, कुन्ती जोशी लगायतका नेताहरुले सर्बसाधारणसंग देउडा खेलेका थिए ।
तीजका अवसरमा आयोजित लालझाडी गाउँपालिका स्तरिय तीन दिने देउडा प्रतियोगिताको उद्घाटन कार्यक्रममा पुगेका नेता भट्ट सहितका नेताहरुले देउडा खेलेका हुन ।
देउडामा पूर्व सांसद देवीलाल चौधरी, गाउँपालिकाका अध्यक्ष मदनसेन वडायक, उपाध्यक्ष सत्यदेवी महरा सहभागी थिए ।
देउडा अघिको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनीधि सभा सदस्य समेत रहेका पूर्वमन्त्री भट्टले बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तका आफन्तलाई न्याय दिन कुनै कसुर वाँकी नराख्ने बताए ।
सरकारले सम्पूर्ण प्रयास गरेकोले दोषी पत्ता लाउन सफलता प्राप्त हुने उनको विश्वास थियो । नेता भट्टले तीज, माघी लगायतका संस्कृति र परम्परा सबै समूदायका हुँदै गएकोमा खुसी व्यक्त गरेका थिए ।
सोही अवसरमा वोल्दै प्रदेशसभाका सांसद तारा लामातामाङले संस्कृति र परम्पराले नेपाली जोड्ने काम गरेको चर्चा गरे । उनले अहिलेसम्म पनि लालझाडीमा सार्वजनिक बस सेवा सञ्चालन हुन नसकेको बताउदै चाँडै नै सडक, पुल पुलेसा बनाएर लालझाडीले राष्ट्रिय राजमार्गमा जोड्ने आश्वासन दिए । यहाँको सुकम्वासी र नदी कटान जस्ता समस्यासंग आफू परिचित भएकोले त्यस्ता समस्या समाधान गर्न आफू लाग्ने दावी पनि उनले गरे ।
देउदा प्रतियोगिता लालझाडी गाउँपालिकाको सहयोगमा आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार