२ जेष्ठ २०८१, बुधबार

करेन्ट लागेर दुईको मृत्यु



बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ३ कुन्ना सिराडीमा करेन्ट लागेर दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ३ मेलढुस्काकी ४५ वर्षिय साउनी कला बोहरा र ५० बर्षिय बुधे बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुधबार दिउसो गाउँ नजिकै रहेको खेतबारीमा काम गरिरहेका बेला बड्डीगाड खोला लघु जलविद्युतको तार चुट्टिएर खेतमा परेको अवस्थामा करेन्ट लागेर उनीहरूको मृत्यु भएको बताईएको छ । स्थानियले जलविद्युत आयोजनाको लापरवाहिका कारण तार चुटिदा पनि पुन: मर्मत नगरेकाले करेन्ट लागेको स्थानीयले बताएका छन् ।
साउनी कला बोहोराको दिउसो खेतमा गएका बेला करेन्ट लागेर मृत्यु भएको र उनलाई उद्दारमा गईरहेको बेला बुँदे बोहोराको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय आफन्तहरूले बताएका छन् ।
घटना भएको स्थल बाजुराको सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दूरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार