२ जेष्ठ २०८१, बुधबार

निर्मला हत्या घटना : प्रहरीको प्रारम्भिक अनुसन्धान त्रुटिपूर्ण– अन्सारी



कञ्चनपुर । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको बताएकी छन् ।
बिहीबार महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मोहना अन्सारीले आयोगले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा निर्मलाको हत्यामा प्रहरीको प्रारम्भिक अनुसन्धानमै त्रुटि भेटिएको बताइन् ।
उनले जुन प्रक्रियाबाट निर्मलाको घटनाको त्यो प्रक्रियाबाट अनुसन्धान हुन नसकेको बताउँदै प्रहरी प्रारम्भिक अुनसन्धान मै चुकेको बताईन् ।
“हाम्रो टिमले गरेको अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा हेर्दा प्रहरी प्रारम्भिक अनुसन्धामै चुकेको देखिन्छ”, प्रवक्ता अन्सारीले भनिन्, “यो एउटा घटनाले गर्दा यस्तो भएको होइन् । यसमा अरू थुप्रै घटनाहरू पनि जोडिएका छन् ।”
उनले निर्मलाको बलात्कारपश्चात हत्याको अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्टलाई उपचारका नाममा काठमाडौं लगेर प्रहरीले आध्यारो कोठमा बन्दी बनाएर राखेको भन्दै खबर आएकाले उसको अवस्था बुझ्न केन्द्रमा खबर गरिसकेको बताइन् ।
महिलामाथि हुने हिंसाका घटनालाई प्रहरीले अन्य अपराधजस्तो संवेदनशील रूपमा नहेर्ने भएकाले पनि बलात्कार जस्ता जघन्य घटनाहरू बढ्दै गएको उनको भनाई छ ।
“महिलामाथि हिंसाका घटनाहरू सधैँ नै भई नै रहेका छन्’, प्रवक्ता अन्सारीले भनिन्, “तर, निर्मलाको घटनालाई सबै नेपालीले आफूमाथि भएको घटनाका रूपमा लिएकाले पनि यो अवस्था आएको हो ।”
उनले प्रहरीले निर्मलाको हत्या प्रकरणमा निर्दोष व्यक्तिलाई बिना कुनै प्रमाण नियन्त्रणमा लिएर दु:ख दिएको भन्दै प्रहरीसँग उनीहरूको मेडिकल जाँच र नियन्त्रणमा लिनुको कारण माग गरेको बताइन् ।
यसअघि, राष्ट्रिय मानवअधिकार आयोगको ७ नम्बर प्रदेश कार्यालयले निर्मलाको बलात्कारपश्चात हत्या गरिएको घटनाका बारेमा सुक्ष्म तरिकाले अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार