२ जेष्ठ २०८१, बुधबार

पूर्ण सरसफाई अभियानका लागि प्रशिक्षक प्रशिक्षण



बझाङ । बझाङलाई पूर्ण सरसफाईयुक्त जिल्ला घोषणाका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार समापन भएको छ । प्रशिक्षण कार्यक्रम चार दिनदेखि सञ्चालन भएको थियो ।
बझाङलाई पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने लक्ष्य सहित २२ जना सामाजिक सहजकर्ताहरुको सहभागितामा सो प्रशिक्षण कार्यक्रम भएको थियो ।
एकिकृत विकास समाज नेपालको आयोजनामा सो कार्यक्रम भएको थियो । संस्थाका अधिकृत रमानन्द जोशीले विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा नेपाल सरकारको सहकार्यमा जिल्लाका दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयहरुमा सरसफाईका कार्यहरु अगाडी बढाएको बताए ।
खानेपानी सरसफाई तथा स्वच्छता सुविधामा सुधार गर्न जिल्लाका २९५ वटा प्राथमिक तथा आधारभुत बिद्यालयहरुमा नमुनाको रूपमा दुई वर्षदेखि सो कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार