२ जेष्ठ २०८१, बुधबार

सामुहिक बलात्कार घटना : थप एक पक्राउ



धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ की एक १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
बेल्डाँडी प्रहरीले बलात्कार आरोपमा फरार रहेका अभियुक्त जनक खड्कालाई पक्राउ गरेको हो ।
अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । शनिबार किशोरी बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले मानबहादुर विष्टलाई पक्राउ गरेको थियो ।
शुक्रबार राति घरमा पूजा भइरहेका बेला मोटरसाइकलमा लागि किशोरीलाई बलात्कार गरिएको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार