२ जेष्ठ २०८१, बुधबार

दुर्गा माविको वार्षिकोत्सव



पुर्नवास । पुर्नवास नगरपालिका वडा नम्वर ४ स्थित दुर्गा माध्यामिक विद्यालयको ४७ बार्षिकोत्सव तथा ३३ औं अभिभावक दिवस आयोजना भएको छ ।
आइतबार भएको सो समारोहको प्रदेश सभाका सांसद तारा लामातामाङले उद्घाटन गरेका थिए । सो अवसरमा सांसद तामाङले विद्यार्थीको भविष्यको ख्याल गर्दे विद्यालयमा राजनीति गर्न नुहने बताए ।
विद्यार्थी, शिक्षक, अभिभावक र राजनीतिकर्मीको एकताले विद्यालयलाई राम्रो बनाउन सकिने उनको भनाइ थियो । शिक्षक, विद्यार्थी र अभिभावकबीच तालमेल नमिल्दा धेरै विद्यालयको प्रगति हुन नसकेको पनि सांसद तामाङले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णाकुमारी गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा नगर प्रमुख जीवन थापाले राम्रा र गुणस्तर कायम गर्ने सवालमा नगरपालिका सँधै सहयोगी हुने बताए । सो अवसरमा प्रधानाध्यापक विनोद चन्दले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार