२ जेष्ठ २०८१, बुधबार

बलात्कारको आरोपमा एक पक्राउ



कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ का एक किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रहरीले सोही ठाउँका मानबहादुर बिष्टलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख (एसपी) कुबेर कडायतले मानबहादुरलाई थुनामा राखेर थप कानुनी कारवाही अगाडि बढाइएको बताए ।
गत बिहीबार घरमा पूजापाठ भइरहेका बेला राति मोटरसाइकलमा आएका दुई जनाले किशोरीलाई फोन गरेर घरबाट बाहिर बोलाएर जबरजस्ती केही टाढा लगेर सामुहिक रूपमा बलात्कार गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार