२ जेष्ठ २०८१, बुधबार

पत्रकार महासंघका अध्यक्ष सिहंद्वारा एकल महिलापिडितलाई सहयाेग



बाजुरा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष पत्रकार प्रकाश सिंहले अाफ्नाे एक वर्ष भरिकाे बैठक भत्ता जिल्लाका पिडितहरूलाई सहयाेग गरेका छन् ।
पत्रकार महासंघकाे अध्यक्षमा निर्विराेध निर्वाचित भईसकेपछि अाफ्नाे कार्यकालमा विभिन्न बैठकबाट अाम्दानी भएकाे रकम जिल्लाका पिडितहरूलाई सहयाेग गर्ने बताएका थिए ।
साेही अनुसार गत अार्थिक वर्ष २०७४/०७५ मा जिल्लामा भएका विभिन्न ४५ वटा बैठकबाट संकलन भएको रकम अाज प्रमुख जिल्ला अधिकारी चेतराज बराल मार्फत बडीमालिका नगरपालिका वडा नं ८ राप्कामा घर भएकि ४५ वर्षिय एकल महिला पारू थापालाई हस्तान्तरण गरिएकाे हाे ।
६ वर्षअघि श्रीमान गुमाएकि थापालाई उनिसंग भएका दुई छाेरालाई हुर्काउन सार्है समस्या भएकाे छ। पहिराेले उनीसंग भएकाे जग्गा जमिन बगाएपछि उनलाई अहिले खानलाउन समेत धाै धाै परेकाे छ।
पत्रकार सिहंले सहयाेग स्वरूप दिएकाे १७ हजार ३ सय चवालीस रूपैयाले बाख्रा खरिद गर्ने र बालबच्चाकाे कापीकलम किन्ने पिडित पारू थापाले बताएकि छिन् ।
अाफ्नाे दुख कष्ट देखेर अाफुलाई सहयाेग गरेकाेमा पिडित महिला पारूले पत्रकार अध्यक्ष सिहलाई धन्यवाद दिएकि छिन् ।
पत्रकार अध्यक्ष सिंहले वर्ष भरि जिल्लामा संचालन भएका विभिन्न ४५ बैठकबाट अाम्दानी भएकाे २६ हजार ३ सय चवालिस रकम मध्ये एकल महिला पारू थापालाई १७ हजार ३ सय ४४, त्यस्तै गत वर्षकाे मंसिर महिनामा भालुकाे अाक्रमणबाट शक्त घाईते बनेकी बडिमालिका नगरपालिका ९ कि कन्चना उखेडाकाे उपचारका लागि वीर अस्पताल काठमाडौंमा पुगेर ४ हजार रकम सहयाेग गरेका थिए । त्यस्तै त्रिबेणी नगरपालिकाका क्यान्सर पिडित नवीन पाध्यायकाे उपचार खर्चकै लागि ५ हजार सहयाेग गरेका थिए ।
जिल्लामा पत्रकार महासंघ शाखाकाे नेतृत्व समालेकाे डेढ वर्षयता विभिन्न असाय, टुहुरा बालबालिका, महिला, जनजातिलाई विभिन्न अार्थिक, भाैतिक सहयाे गरिसकेका छन् ।
पत्रकार सिंहले यस अघि जिल्लाभरिका असाय, टुहुरा र पिडित बालवालिकाहरूकाे शैक्षिक सामाग्री खरिदका लागि भन्दै १७ हजार रकम जिल्ला बाल कल्याण समितिकाे खाता मार्फत बालवालिकालाई सहयाेग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार