५ जेष्ठ २०८१, शनिबार

कञ्चनपुरमा फेरि सामुहिक बलात्कार



कञ्चनपुर । कञ्चनपुरमा फेरि एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको जनाईएको छ ।
बालिकाको घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका चार युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएको र अपहरणशैलीमा घरबाट टाढा लगेर सामुहिक बलात्कार गरिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले बताए । ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकले घरदेखि अर्को गाउँ जबदिया भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेका थिए ।
‘बलात्कार गरेर चारै युवक भागे दुई युवकसंग चिनजान थियो’ किशोरीलाई उदृत गर्दै प्रहरी प्रमुख बमले भने, ‘पीडित बालिकाले प्रहरीमा दिएको बयान अनुसार चारै जना फरार छन् ।’ फरार चारै जनाको खोजीकार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार