१० श्रावण २०८१, बिहीबार

चरिबाघ मृत अवस्था फेला पर्‍यो



डडेल्धुरा । डडेल्धुरामा एउटा चरीबाघ मृत अवस्थामा फेला परेको छ । भीमदत्त राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–७, भालुमारेमा चरीबाघ मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।
चरीबाघलाई मंगलबार राति सवा ९ बजेतिर मृत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाडीको ठक्करले चरीबाघ मरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
चरीबाघलाई बुधबार नै प्रहरी प्रशासन, पत्रकार र सरोकारवाला सबैको रोहवरमा पुरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार