१० श्रावण २०८१, बिहीबार

सहकारीलाई रकम हस्तान्तरण



डोटी । ग्रामीण क्षेत्रमा लघु उद्यम प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा दुई वटा सहकारी संस्थाहरूलाई घुम्ती कोषको लागि रकम हस्तान्तरण गरिएको छ ।
डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं. ७ स्थित पोखरी बहुउद्देश्यीय सहकारी संस्था र दिपायल सिलगढी नगरपालिका वडा नं. ८ स्थित लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्थालाई ५ लाख ६५ हजार एक सय सततिस रुपयाँ हस्तान्तरण गरिएको छ ।
गुड नेवर्स ईन्टरनेसनलको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च नेपाल डोटी मार्फत सो रकम हस्तान्तरण गरिएको हो ।
सामुदायिक विकास मञ्चका सचिव सिद्धराज जोशीका अनुसार सहकारीमा आबद्ध सेयर सदस्यहरूको व्यापार योजनाका आधारमा सो घुम्तीकोषको रकम लागनी गरिने छ । सचिव जोशीले भने – “व्यापार योजनका आधारमा रकम सहकारी संस्थाहरूले विभिन्न १५ जना व्यक्तिहरूलाई दिए लघु उद्यम प्रवद्र्धनका लागि सहयोग हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार