१० श्रावण २०८१, बिहीबार

पश्चिम सेतीबाट चिनियाँ कम्पनीले हात झिक्यो



काठमाडौं । ‘मेगा प्रोजेक्ट’ का रुपमा अघि बढाइएको पश्चिम सेती जलविद्युतबाट अन्ततः चिनियाँ कम्पनीले हात झिकेको छ।
आयोजना निर्माणका लागि सहमति भएको लामो समयपछि चिनियाँ कम्पनी बाहिरिन खोजेको हो। निर्माण कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) आयोजना लगानीका लागि योग्न नभएको ठहरसहित बाहिरिने संकेत गरेको छ।
सरकारले उक्त २०६८ सालमै उक्त कम्पनीसँग आयोजना निर्माणका लागि सम्झौता गरेको थियो। १ खर्ब ६० अर्ब रुपैयाँ लगानीसहित सन् २०१५ मा उक्त कम्पनीले आयोजना निर्माणका गर्ने प्रतिबद्धता लगानी बोर्डमा पेस गरेको थियो।
७ सय ५० मेगावाटको उक्त आयोजना निर्माणका लागि बोर्ड लचिलो भए पनि उक्त कम्पनीले अस्विकार गरेको छ।
बोर्ड आयोजनाको क्षमता घटाउने र विद्युत खरिदसम्ममा लचिलो भए पनि उक्त कम्पनीले निर्माणमा रुची नदेखाएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार