१० श्रावण २०८१, बिहीबार

जीप दुर्घटनामा आठ आइते



डडेल्धुरा । जिल्ला सरमुकाम नजिकैको आईत बजारमा जीप दुर्घटनामा ५ जना घाईते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको देबलदिव्यपुरबाट सदरमुकामतर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिएका छन । घाईतेलाई उपचारको लागि उप–क्षेत्रिय अस्पताल ल्याईदैछ । घटना स्थलमा उद्धारको लागि प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिएका छन ।
जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जीप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार