१६ बैशाख २०८१, आईतवार

कञ्चनपुरमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु



धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोली लागेर शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ ।
बालिका निर्मला पन्तको बलात्कार र हत्याको विरोधमा जारी आन्दोलनका क्रममा शुक्रबार साँझ करिब साढे पाँच बजेतिर प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका सन्नी खुनाको मृत्यु भएको बताइएको छ ।
गोली लागेर गम्भीर घाइते  खुनाको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको अस्पतालका एक जना कर्मचारीले अनुमोदनलाई बताए ।
गोली प्रहारबाट कविन्द्र सिंह, सगुन सुवेदी, दामोदर खत्री र उमेश देउवा घाइते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार आक्रोसित भीड जिल्ला प्रशासन कार्यालयतिर आउन लाग्दा प्रहरीले गोली प्रहार गरेको थियो ।
प्रहरीको गोली प्रहारबाट युवकको मृत्यु भएपछि अहिले महेन्द्रनगर निकै तनावग्रस्त बनेको छ । शुक्रबार बिहान शान्त रहेको महेन्द्रनगर साँझ पनि आन्दोलित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार