१५ बैशाख २०८१, शनिबार

महिला कर्णाली नदीमा मृत फेला



लम्की । बिहिबारबाट बेपत्ता भएकी लम्कीचुहा नगरपालीका वडा नम्बर १ की ७५ वर्षिय सुनकला बडुवाल शुक्रबार मृत अवस्थामा फेला परेकी छन ।
साझ घरमा सामान्य विवाद पछि मर्छु
भनी निस्केकी बडुवाल कर्णाली
नदीको किनारमा मृत अवस्थामा फेला परेकी हुन ।

उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार