२ जेष्ठ २०८१, बुधबार

पहिराले विद्यालय भवन बगायो



बझाङ । बिहिबारदेखि परेको अविरल वर्षासंगै आएको पहिरोबाट बझाङको तल्कोट गाउँपालिका वडा नम्बर ३ मा रहेको विश्वनाथ प्राविको निर्माणधिन भवन बगेको छ ।
शुक्रबार राती सो विद्यालयको दुई कोठे पक्कि भवन बगेको बताइएको छ । तल्कोट गाउँपालिका र वडा नम्बर ३ को १० लाख रुपैयाको अनुदानमा सो भवन निर्माण भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष भरतबहादुर बोहराले बताए ।
पहिरोका कारण नजिकै रहेको महिला सामुदायिक भवनमा समेत क्षती पुगेको स्थानीय विष्णु रोकायाले जानकारी दिए ।
तल्कोट गााउपाललिका ३ को बष्टि गाउँमा रहेको ठुलाखोला भन्ने ठाउँबाट रातीको समयममा पहिरो आएको हो ।
वर्षा तथा पहिरोका कारण २/३ घरमा क्षती पुगेको जानकारी आएको वडाध्यक्ष बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार