२ जेष्ठ २०८१, बुधबार

देवानी तथा फौज्दारी संहिताबारे अन्तरक्रिया



बाजुरा । शुक्रबारदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कसुर सजाय निर्धारण तथा कार्यन्वयन ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४, र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ बारे बाजुराको मार्तडीमा सरोकारवालाहरूबीच अन्तरक्रिया भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चेतराज बरालले नयाँ ऐनबारे आम जनतालाई जानकारी गराउन सबैसँग आग्रह गरे ।
कार्यक्रम जिल्ला सरकारी वकील कार्यालयका प्रमुख नविनप्रसाद भट्टको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जिल्ला वार एसोसिएसनका प्रतिनिधि हर्क कठायत, जिल्ला अदालतका श्रेष्तेदार रवि न्यौपाने लगायतले देवानी तथा फौज्दारी संहिताका विशेषताबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार