२३ बैशाख २०८१, आईतवार

जंगली जनावारबाट बाली जोगाउनै कठिन



बाजुरा । बाजुराका विभिन्न स्थानमा जंगली जनावारका कारण पाक्न लागेको वर्षे बाली जोगाउन किसानलाई निकै कठिनाई भइरहेको छ ।
बाजुराको बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका सहितका दर्जन बढी स्थानमा बंदेल, बादर, भालु, दुम्सी, कागले पाक्न लागेको मकै सखाप पारिरहेको स्थानीयले बताए ।
खप्डत छेडेदह गाउपालिका वडा नम्बर १ का किसान कपुरे रोकायाले खप्तड राष्ट्रिय निकुञ्जबाट बदेलको बथान आएर पाक्न नपाउदै मकै, धान, कोदो र आलु खाएर हैरान पारिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार