२३ बैशाख २०८१, आईतवार

बडिमालिका नगरपालिकामा शंकास्पद वस्तु फेला



बाजुरा । बाजुराको बडिमालिका नगरपालिका नजिकै शंकास्पद वस्तु फेला परेको छ। बडिमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। 

स्थानीयले उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सागर बोहोराले बताए।

अहिले सो शंकास्पद वस्तुलाई प्रहरीले सुरक्षा घेरामा राखेको छ भने डिस्पोजलका लागि नेपाली सेना पनि घटनास्थल पुग्दै गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार