२२ बैशाख २०८१, शनिबार

विभिन्न स्थानमा पहिरोपछि सडक अवरुद्ध



बाजुरा । विभिन्न स्थानमा पहिरो गएपछि मार्तडी–साँफे सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
अविरल वर्षापछि अछामको साँफेदेखि बाजुराको मार्तडीसम्मको ५७ किलोमिटर लामो सडकका विभिन्न स्थानमा पहिरो गएको छ । त्यस्तै, कतिपय स्थानमा सडक हिलाम्मे भएको छ ।
बस समितिको मार्तडी टिकट काउन्टरका गोरख रावलका अनुसार लगातार पहिरो झरिरहेका कारण सडक हिलाम्मे हुँदा सवारी साधन फस्ने गरेका छन् । जीप व्यवसायी पृथ्वी रावलले आंसिक रूपमा जीप यातायात सञ्चालनमा रहे पनि कच्ची सडक र गुइगाडमा पुल नभएका कारण निकै समस्या हुने गरेको बताए ।
साँफे–मार्तडी सडक खण्डमा पर्ने अछामको बुढाबगर र बाजुराको ताप्रिसेरा गुइगाड, तिपाडा लगायतका स्थानमा नदी तथा खहरे खोलामा आएको बाढीका कारण कटान बढेको छ ।
बुढाबगरका पारस शाहीले अछामको बुढाबगरमा बाढीले करिब एक सय मिटर सडक कटान गरिसकेको बताए । सो सडकको नदीपट्टि तटबन्ध नभएका कारण नदी कटानमा बृद्धि भइरहेको छ ।
२०५२ सालमा शिलान्यास भएको सो सडकखण्ड अहिलेसम्म पनि निर्माण कार्य पुरा भएको छैन ।
पुरा हुन सकेको छैन् । ५७ किलोमिटर सड्कमा १ अरब भन्दा बढि खर्च भइसकेको सााफे मार्तडी सड्क खण्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार