२२ बैशाख २०८१, शनिबार

बुढीगंगा नदी थुनिने खतरा बढ्यो



तस्बिर : पदम सिंह


बाजुरा ।
बाजुराको बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीचमा रहेको द्वारीमा बुढिगंगा नदि थुनिने खतरा बढेको छ । लगातारको वर्षापछि त्रिवेणी नगरपालिका वडा नम्बर ९, पैमागाउँ तलबाट पहिरो झर्न शुरु भएपछि नदी थुनिने खतरा बढेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताए ।
एक सातादेखि लगातार पहिरो बग्न थालेपछि द्वारीमा बुढिगंगा नदी थुनिने खतरा बढेको बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । नदीको दुईतिहाई भाग थुनिएको र एक भागबाट मात्र पानी बगिरहेको प्रमुख जिल्ला अधिकारी बरालले वताएका छन् । लगातार पहिरो खस्ने क्रम जारी रहेपछि र ठूल्ठूला ढुंगा बीचमा अड्किएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी बरालले नदि थुनिने जोखिम बढेपछि सेना, प्रहरी, सशस्त्र प्रहरीलाई तयारीमा राखेको र स्थानीयलाई सजग गराइएको बताए । प्रमुख जिल्ला अधिकारी बरालले गृह मन्त्रालयमा जानकारी गराइएको बताए ।
स्थानीय नविन थापाका अनुसार पैमागाउँबाट लगातार पहिरो खसिरहेको छ । नदि एक छेउतिर गएको छ । बुढिगंगा नगरपालिका वडा नम्बर १ अम्कोटको तलबाट पहिरो बग्न शुरु भएको छ ।
नदि थुनिने खतरासंगै वरपरका खेतियोग्य जमिन, झोलुंगे पुल र साँफे–मार्तडी सडकखण्ड पनि जोखिममा परेका छन् । नदि थुनिने खतरा बढेपछि अहिले आवतजावत बन्द गरिएको छ । नदीमा बनेका झोलुंगे पुलमा पनि आवागमन रोकिएको छ ।
नगर प्रमुख रावलले द्वारीबाट पैमागाउ जाने बाटो समेत बन्द भएको बताए । नदि थुनिने खतरा सागै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, सााफेबगर लगायत ठााउ जोखिममा रहेका छन् ।
नदि थुनिने खतरासंगै नदीका नजिक रहेका अछाम जिल्लाका गाउँवस्तीमा पनि उच्च सर्तकता अपनाएको छ । अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकको नेतृत्वमा एक टोलीले स्थलगत अवलोकन गरेको बताए । बुढिगंगा नदी जतिबेला पनि थुनिने सक्ने भएकाले स्थानीयलाई नियमित सम्पर्कमा रहन आग्रह गरिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार