२२ बैशाख २०८१, शनिबार

अपहरणको गलत सूचना दिने व्यक्ति पक्राउ



बैतडी । छोरा अपहरणमा परेको भनी प्रहरीलाई गलत सूचना दिने एक जना पक्राउ परेका छन् । छोरा अपहरणमा परेको भनी प्रहरीलाई भ्रममा पार्न खोज्ने बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको कपन बस्ने राकेश विष्टलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
राकेशले साउन २३ गते प्रहरी कन्ट्रोलको टेलिफोन नम्बर १०० मा फोन गरी आफ्नो छोरा नरेश विष्ट अपहरणमा परेको जानकारी गराएका थिए । त्यसपछि राकेशलाई कार्यालयमा नै बोलाएर सोधपुछ गर्दा उनले गलत सूचना दिएको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार