५ जेष्ठ २०८१, शनिबार

लोकतन्त्र सुदृढीकरणका लागि नागरिक शिक्षा



बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा बुधबार लोकतन्त्रको सुदृढीकरणको लागि नागरिक शिक्षाको भूमिका विषयक विचार गोष्ठी शुरु भएको छ ।
आजसम्म चल्ने गोष्ठीमा संवैधानिक कानुनविद् गणेश भट्ट, अधिवक्ता पवित्रा रावत, एफईएस नेपालका चन्द्रदेव भट्ट र पत्रकार माउन्टेन प्रकाश गिरी प्रशिक्षक रहेका छन् ।
कार्यक्रम एफईएस नेपालको आयोजनामा जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवा, विभिन्न अधिकारकर्मीहरू, पत्रकार र स्थानीय गरी डेढ सय बढीको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति उपप्रमुख सुनिता सुनुवारले गरेका थिए भने कार्यक्रको सञ्चालन पत्रकार मदन विकले गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति कविराज पण्डित, नेपकाका नेता गगन रावलले नयाँशक्ति नेपालका जिल्ला अध्यक्ष टेक बडुवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार