२२ असार २०७९, बुधबार

लगातारको वर्षापछि भीमदत्त राजमार्ग अव्रद्ध



धनगढी । लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा भीमदत्त राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भीमदत्त राजमार्ग अन्तर्गत पर्ने डोटीको गोल्डेन भन्ने ठाउँमा पहिरो गएको छ । सो ठाउँमा पहिरोबाट करिब २० मिटर सडक पुरिएको छ । पहिरोबाट सडक अवरुद्ध भएपछि धनगढी तथा कञ्चनपुर तथा अन्य स्थानबाट पहाडी जिल्लाका लागि गएका तथा पहाडी जिल्लाबाट आइरहेका सवारी साधन बीच बाटोमै रोकिएको गोल्डेनका टीकासिंह मल्लले बताए ।
अबरुद्ध भएको राजमार्ग खोल्नका लागि छिमेकी जिल्ला कैलाली तथा डडेल्धुराबाट डोजर झिकाइएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ । डोटीमा शनिबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार