११ श्रावण २०८१, शुक्रबार

ढुंगा लागेर सैनिक जवानको मृत्यु



बैतडी । बैतडीमा ढुंगा लागेर एकजना सैनिक जवानको मृत्यु भएको छ । बिदामा घर आएका दोगडाकेदार गाउँपालिका–४, कपिणन्ना जसमलाका ३० वर्षीय नारायणदत्त भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
गाउँ नजिकै रहेको पानीको मुहानमा पाइप जोडिरहेका बेला भीरबाट खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको उनले बताए । दिउँसो पौने १ बजे पानीको पाइप मर्मत गरिरहेका बेला मुहानमाथि रहेको भीरबाट एक्कासी खसेको ढुंगाले टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
भट्ट नेपाली सेनाको चार नम्बर बाहिनी नेपालगञ्जमा कार्यरत थिए । भट्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार