११ श्रावण २०८१, शुक्रबार

पहिरोबाट बाजुरा अस्पताल जोखिममा



बाजुरा । पहिरोका कारण बाजुरा जिल्ला अस्पताल जोखिममा परेको छ । जिल्ला अस्पतालको तलमाथिको स्थानमा यतिबेला पहिरो बगिरहेको छ ।
पहिरोका कारण जिल्ला अस्पताल लगायत जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार समेत जोखिममा परेको बताइएको छ ।
साउन ११ गते राति परेको वर्षाका कारण जिल्ला अस्पतालको एक कोठे नवनिर्मित आकस्मिक उपचार कक्ष रहेको भवनमा क्षति पुगेको छ ।
जिल्ला अस्पतालको माथिपट्टीको जमिन बडिमालिका बोर्डिङ स्कुलले अतिक्रमण गरी लगाएको पर्खाल भत्किएर अस्पताललाई क्षति पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख रामचन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार