१२ श्रावण २०८१, शनिबार

नदी तर्ने क्रममा एक युवक बेपत्ता



दार्चुला । दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १, बुदिमा बिहीबार महाकाली नदी तर्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ब्यास गाउँपालिका वडा नम्बर २ स्याँकुकका नन्दु धामीको १८ वर्षीय छोरा रवि धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिहीबार बिहान ८ बजेतिर बुदिबाट महाकाली तरेर भारत जाने क्रममा रवि नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी चौकी सीतापुलबाट प्रहरी टोली घटनास्थल पुगी खोजी कार्य गरिरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार