१० श्रावण २०८१, बिहीबार

विज्ञसहित अवलोकन



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा व्यवसाय प्रवद्र्धन गर्न सकिने विभिन्न स्थानमा विज्ञ सहित बुधबार स्थलगत अवलोकन गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट सहित नगर विकास कोष, नगर विकास कोषका व्यवसाय प्रवद्र्धन विज्ञ सुमनमेहर श्रेष्ठ, हेमन्त बस्याल, महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर विष्ट सहित विभिन्न क्षेत्रका प्रतिनिधिले अवलोकन गरेका छन् ।
महेन्द्रनगर बजारको सब्जीमण्डी, सालघारी, स्थानीय पार्क, झोलुड्डे पुल, महेन्द्रनगर सिटी हल, भृकटी माध्यमिक विद्यालय नजिकको जमिन लगायतका स्थानको अवलोकन गरिएको छ ।
नगरपालिकाले सब्जीमण्डीमा कञ्चन मल बनाउन गुरु योजना बनाएको छ । यसैगरी झोलंगे पुल नजिक पिकनिक स्थल र उद्यान बनाउन पनि गुरु योजना बनाइएको छ ।
नगर विकास कोषको विज्ञ टोलीले सबै स्थानमा स्थलगत अध्ययन गरी सहयोग र सहकार्यका लागि छलफल अघि बढाउने भएको छ । कोषका विज्ञ श्रेष्ठले अध्ययनपछि आवश्यक सहयोग र सहकार्यका लागि अघि बढ्ने बताए ।
सहयोग र सहकार्यका लागि छलफल अघि बढाउने भएको छ । कोषका विज्ञ श्रेष्ठले अध्ययनपछि आवश्यक सहयोग र सहकार्यका लागि अघि बढ्ने बताए ।
कोषसित यसअघि आधुनिक वसपार्क, नागरपालिका कार्यालय भवन, पसल कोठा लगायतका विभिन्न पूर्वाधार निर्माणमा सहकार्य गरिएको छ ।
सब्जीमण्डीमा निर्माण हुने कञ्चन मलका लागि भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी चालु आर्थिक वर्षमा काम सुरु गरिने विज्ञ श्रेष्ठले बताए ।
भीमदत्तका नगर प्रमुख विष्टले सबै स्थानमा विज्ञ टोलीलाई नगरपालिकाको योजना सम्बन्धी जानकारी गराएका थिए ।
स्थलगत अवलोकनमा कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष माधवप्रसाद जोशी, होटल व्यवसायी संघका पर्यटन उपाध्यक्ष जगदीश भट्ट, गैर सरकारी संस्था महासंघका प्रदेश अध्यक्ष भवराज रेग्मी, महासंघका जिल्ला अध्यक्ष नरेश सिलाल, अधिवक्ता अर्जुनसिंह कार्की, भीमदत्त नगरपालिका इन्जिनियर जयराज भट्ट लगायतका सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार