१० श्रावण २०८१, बिहीबार

राष्ट्रिय प्रसारण लाइन पुर्‍याउनुपर्ने माग



बझाङ । राष्ट्रिय प्रसारण लाइन पुर्‍याउनुपर्ने माग राख्दै बझाङवासीहरूले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।
आइतबार विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरिया पुगेका बझाङवासीहरूले तुरुन्त बझाङमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउनुपर्ने भन्दै विद्युत प्राधिकरणको ध्यानाकर्षण गरेका हुन । विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख तारानाथ शर्मार्का ध्यानाकर्षण गर्दै बझाङवासीहरूले राज्यले आफूहरूलाई वेवास्ता गरेको आरोप लगाए ।
नेपाली कांग्रेस बझाङका युबा नेता बिजय मल्लले बझाङमा अझै सम्म पनि बिद्युतको राष्ट्रिय लाइन नपुग्नु दुखद भएको बताए । ७ नम्बर प्रदेशका अन्य जिल्लामा बिद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको लामो समय बितिसक्दा पनि बझाङमा अहिले सम्म बिद्युतिकरण नहुनु दुखद भएको बताउदै उनले तुरुन्त बिद्युतिकरण नगरे कडा आन्दोलन गर्ने बताए ।
बाझाङबासी राम खातिले बिद्युत नहुदा समस्या भैरहेको बताए । उनले सदरमुकाम जस्तो ठाउमै बिद्युत नहुदा कलकारखाना सञ्चालन लगायतका समस्या भैरहेको बताए ।
बझाङबासीको ध्यानाकर्षणपछि बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालयका प्रमुख शर्माले बझाङमा डेढ महिना भित्रै ३३ केभिको लाइन पुर्‍याउने बताए । बिद्युतिकरणको काम जारी रहेको बताउँदै उनले बन जंगल लगायतका कारणले बझाङमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन ढिलाइ भैरहेको बताए ।
बझाङमा राष्ट्रिय प्रसारण लाइन नपुग्दा केहि क्षेत्रका बासिन्दालाइ हाइड्रो पावरले राहत दिएपनी केहि क्षेत्रका बासिन्दा भने टुकि झोरो लगायतका उर्जाका परम्परागत श्रोतहरू प्रयोग गरीरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार