महिलाद्वारा गाउँपालिका घेराउ



कञ्चनपुर । कञ्चनपुर बेल्डांडीका महिलाले आइतबार गाउँपालिका कार्यालय घेराउ गरेका छन् । उनीहरूले गाउँपालिकाले जिम्मेवार भएर काम गर्न नसकेको भन्दै ज्ञापन समेत बुझाएका छन् ।
ज्ञापनपत्र बुुझाउन गएका मध्येकी शान्ति नाथले बेल्डांडी गाउँपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्न ठूलो रकम विनियोजन गरे पनि समस्या जस्ताको त्यस्तै रहेको बताइन् ।
महिलाहरूले छाडा पशुचौपायाका कारण ठूलो परिमाणमा अन्नबाली क्षति भएको बताए ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष कमला कर्कीले जनताको मागअनुसार काम गर्ने प्रतिवद्धता दोहोराइन् ।

प्रतिक्रिया दिनुहोस्