१० श्रावण २०८१, बिहीबार

किशोरी मृत अवस्थामा फेला



कञ्चनपुर । पढ्न भनेर स्कुल हिडेकी १३ वर्षकी निर्मला पन्त मृत अवस्थामा फेला परेकी छन् । उनको शव उखुबारीमा फेला परेको जनाइएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर १८ पत्थरपुरकी निर्मला बेलुकासम्म घर नआएपछि उनकी आमाले घरछिमेकलाई गुहार मागेपछि प्रहरीलाई खबर गरिएको थियो । शुक्रबार विहान स्थानीयले खोजतलासका क्रममा उखुबारीमा उनको शव फेला परेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या गरिएको प्रहरीले अनुमान गरेको छ । उनी सरस्वती माविमा ९ कक्षामा अध्ययनरत थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार