१० श्रावण २०८१, बिहीबार

प्रहरीले उजुरी नै दर्ता नगरेको गुनासो



बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकाको पाटादेवलमा केही दिनअघि भएको कुटपिटमा पीडित भएका भुवन खड्काले कुटपिट गर्नेहरू विरुद्ध प्रहरीले हालसम्म उजुरी नै दर्ता नगरेको गुनासो गरेका छन् । भूवनलाई चार दिनअघि बझाङ जिल्ला अस्पतालमा उपचार गर्न ल्याइएकोमा धनगढी रिफर गरेको छ ।
उनको टाउकोमा खुकुरीको ठुलो गम्भीर चोट लागेको हुदा थप उपचारका लागि रिफर गर्नु परेको जिल्ला अस्पतालले जनाएको छ ।
केही दिनअघि छान्नाको बयानामा पहिरोमा पुरिएर निधन भएका एकै परिवारका तीन सहित चार जनाको दाहसंकारका लागि भुवन आउने क्रममा बाटोमा उनीमाथि आक्रमण भएको थियो । उनले आफूमाथि नरेन्द्र खड्का, ज्ञानेन्द्र खड्का, ध्रुव खड्काले आक्रमण गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार